चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना

रौतहट, १७ माघ । आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बुधवार गौर नगरपालिका ५ स्थित आधारभुत विद्यालय बाल मन्दिर गौरमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जाडो मौसमबाट बच्ने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराए ।सोही विधालयमा अध्ययनरत रहेका फरक क्षमता भएका असहाय २३ जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेे ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरी, आधारभूत विधालय बाल मन्दिरका प्रनाध्यपक, शिक्षक, शिक्षीकाहरुको उपस्थिति रहेको थियो । सभार: तराइ टप

16 Push 077 final