रौतहटबाट पक्राउ परेको समान भन्सारमा बुझाईयो

रौतहट, ९ं फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतबाट खटिएको गस्ती टोलीले विभिन्न स्थानहरुबाट भन्सार छलीको सामानहरु बरामद गरेर अवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् ।
यमुनामाई गाउँपालिका १ र इशनाथ नगरपालिका ४ बाट नेपाल प्रहरीले चप्पल, जुत्ता, किराना लगायत विभिन्न सामानहरु बरामद गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहट सहित विभिन्न मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोली चेकजाँच थापेको समयमा सामान छाडी भागेपछि करिव १ लाख १७ हजार २०५ रुपैया बाराबरको मालसामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
बरामद भएका चप्पल, जुत्ता र किराना सामानहरुलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले भनिन ।

16 Push 077 final