जनकपुरमा गृहमन्त्री श्रेष्ठको पुतला दहन

जनकपुरधाम, ९ं फागुन । राष्ट्रिय एकता अभियानले मधेश प्रदेशमा जानी जानी जिहादी हमला एवं विभिन्न दंगाफसादहरु गराईरहेको भन्दै बुधवार जनकपुरधाममा गृह मन्त्री नारायणकाजी श्रेष्ठको पुतला दहन गरेका छन् ।
धार्मिक सदभावलाई विथोल्ने शक्तिहरुलाई संरक्षण दिदै आएकोमा हिन्दु सनातनीहरु अनावश्यक रुपमा प्रताडित हुनुपरेको भन्दै आज जनकपुरधाममा जिहादी हमलाको विरुद्धमा गृहमन्त्री श्रेष्ठको पुतला दहन गरिएको अभियानका अध्यक्ष विनय यादवले बताएका हुन् ।
प्रदर्शनकारीहरूले जिहादी हमला विरुद्ध कडा कारवाही एवं हिन्दु समुदायका शान्ति सुरक्षाको माग गर्दै आवश्यक कदम चाल्न सरकार संग आग्रह गरेको बताइएको छ ।

16 Push 077 final