आम जनता पार्टीलाई लाग्यो धक्का, कुन्दन कुशवाहा सहित कयौंले गरे एमालेमा प्रवेश

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट । आम जानता पाटीका अध्यक्ष एवं पुर्व मन्त्री समेत रहेका प्रभु साहको साथ छाडि कटहरियाका कुन्दन कुशवाहाले एमालेमा प्रवेश गरेका छन ।
पूर्व प्रदेश सभा सदस्य एवं साह नेतृत्वको आम जनता पार्टीका उप– महासचिव समेत रहेका कुशवाहा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
एमाले पार्टीका अध्यक्ष केपि शर्मा ओलीले आफ्नै निवास बालकोटमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेता कुशवाहा लगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, केन्द्रिय सदस्य सञ्जय कुमार शाह , सर्फलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा लाई एमालेमा प्रवेश गराउनु भएका हुन् ।
पुर्व मन्त्री प्रभु साहको ठुलो बिश्वास पात्र मानिदै आएको नेता कुशवाहा एका –एक पार्टी र किता परिवर्तन गर्नाले रौतहटको राजनितिमा ठुलो तरंग पैदा भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा रौतहट क्षेत्र न.१ मा एमाले बाट चुनाव लडेका एमाले नेता अजय कुमार गुप्ताको उपस्थिति देखिएको छ।
पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजबादिका अध्यक्ष माधब नेपालबाट पराजित गुप्ता पछिल्लो समय एमाले नेतृत्व पंक्तिलाई प्रभावमा पारेका नेता मानिन्छन् ।
नेता गुप्ता कै सल्लाहमा प्रभु साहको साथ छाडि नेता कुशवाहा एमाले पार्टीमा प्रवेश गरेको स्रोतले जनाएको छ।

16 Push 077 final