विद्यालयमा तालाबन्दी पछि विद्यालयका पुर्व अध्यक्ष र प्रअबिचको बिवाद उत्कर्शमा

ओमप्रकाश यादव फागुन १३ गते रौतहट । रौतहटको बृन्दावन नगरपालिका-२,बेनौलीका एतबरिया देवी सीता साह प्राथमिक बिद्यालयका प्रधानाध्यापक हरेन्द्र साह र सो विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष एतवरिया देवि साहबिच बिवाद चुलिएको छ ।
प्रधानाध्यापक साहले हिसाब किताब सार्वजनिक नगरेको भन्दै पुर्व अध्यक्ष साहको नेतृत्वको टोलिले केही दिन अघि सो बिद्यालयमा तालाबन्दी गरेपछी पुर्व अध्यक्ष साह र प्रधानाध्यापक हरेन्द्र साहबिचको बिवाद उत्कर्शमा पुगेको छ ।
पहिलो कार्यकाल अध्यक्ष रहेका बेला एतवरिया देवि साहले विद्यालयको १४ लाख भन्दा बढी रकम आफ्ना मनोमानी तरिकाले सञ्चालन गरि विद्यालयको रकम व्यापक हिनामिना गरेको प्रधानाध्यापक साहले आरोप लगाएका छन ।
अध्यक्ष रहेका बेला रकम हिनामिना गर्न पल्केका एतवरिया देविले अहिले रकम हिनामिना गर्न नपाउँदा केही राजनितिक दलका नेताको उक्साहटमा विद्यालयमा तालाबन्दि गरि विद्यालयलाई अस्त ब्यस्त बनाएको प्रअ साहले आरोप लगाए ।
अध्यक्ष रहेका बेला एतवरिया देविले आफ्ना मनोमानी तरिकाले सञ्चालन गरेको विद्यालयको १४ लाख भन्दा बढी रुपैयाँको हिसाब किताब सार्वजनिक गरि पार्दर्शी गर्नुपर्ने उनले माग गरेका छन ।
१४ लाख रुपैयाँमा एतवरिया देविले विद्यालय भवनको टिनको छाना र एउटा शौचालय मात्र बनाइ बाकी रकम आफ्ना खल्तिमा राखेको उनले बताए ।
त्यस्तै विद्यालय स्थापनाका लागि एतवरिया देविले साढे ७ कठा जग्गा मात्र दान गरेको भएपनि बाहिर १० कठा दिएको भनी झुठो प्रचार गर्दै हिडेको उनले बताए ।
१० कठा मध्ये विद्यालयको कब्जामा साढे ३ कठा मात्र रहेको र बाकी ४ कठा जग्गा जग्गाधनी एतवरिया देविले आफै भोग चलन गर्दै आएको प्रअ साहले बताए ।
एतवरिया देवि अध्यक्ष हुँदा कुनै शिक्षकलाई तलबभत्ता समेत न दिएको उनको भनाइ छ । उनले तलव न दिदा आफुले जसो तसो शिक्षकलाई तलब दिइ विद्यालय सञ्चालन गरेको समेत उनले दुखेसो गरे ।
विद्यालयको सम्पुर्ण आर्थिक कारोबार गर्ने जिम्मेवारी सम्हाले देखि अहिलेसम्मको हिसाब किताब दिन आफू तयार रहेको बताउदै प्रधानाध्यापक साहले पुर्व अध्यक्ष एतवरिया देविले पनि आफ्ना कार्यकालमा संचालन गरेको रकमको हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग गरेका छन ।
प्रअ साहले भने, म हिसाब किताब दिन त्यार छु, जसले जतिखेत पनि आफुसङ हिसाब किताब लिन सक्छ ।
यदि आफू कुनै प्रकारको रकम हिनामिना गरेको सावित वा प्रमाणित भए आफू जस्तो सुकै सजाय वा दण्ड जुरुवाना भोग्न तयार रहेको प्रअ साहले बताए ।
त्यस्तै एतवरिया देविले यदि रकम हिनामिना गरेको प्रमाणित भए उनलाई पनि कार्यवाही हुनुपर्ने उनले बताए ।
विद्यालयका प्रधानाध्यापक हरेन्द्र साहले पुर्व विद्यालय व्यवस्थापन समितीकि अध्यक्ष एतवरिया देविलाई हिसाब किताब सार्वजनिक गर्न चुनौती दिएका छन भने अर्को तर्फ एतवरिया देविले पनि प्रअ साहलाई हिसाब सार्वजनिक गर्न चुनौती दिएकी छन ।
पुर्व अध्यक्ष साह र प्रअ हरेन्द्र साहबिचको बिवादका कारण बिगत एक हप्ता देखि सो विद्यालयमा ताला लागेका कारण बालबालिकाको पढाई प्रभावित हुँदै आएको छ ।
स्थानीयहरुले आफ्ना बारेमा विभिन्न आरोप लगाइ बिना कारण बिद्यालयमा तालाबन्दी गरि विद्यालयलाई अस्तब्यस्त बनाएको प्रधानाध्यापक साहले बताएका छन ।
दिवा खाजा, छात्रवृत्ति,विद्यालय पोसाक लगाएतका शीर्षकको रकम प्रधानाध्यापक साहले ब्यापाक हिनामिना गरेको भन्दै सो रकम पार्दर्शि गर्नुपर्ने माग राख्दै स्थानीयहरु केही दिन अघि विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
बिद्यालयमा बिना कारण तालाबन्दी गरि स्थानीयहरुले विद्यार्थीको भबिस्य संग खेल्वाड गर्ने काम गरेको प्रअ साहले आरोप लगाए ।
प्रधानाध्यापक साहले दिवा खाजा, छात्रवृत्ति, विद्यालय पोसाक लगाएतको रकममा आफू कुनै प्रकारको हिनामिना न गरेको बताएका छन ।
२०८० साल बैशाखसम्म दिवा खाजा खुवाएको र स्थानीयहरुले अवरोध गरेका कारण गत जेठदेखि दिवा खाजा खुवाउन नसकेको प्रअ साहले बताए ।
व्यवस्थापन समितिको अध्यक्ष एतबरिया देवी हुदा विद्यालय सञ्चालन गर्न सरकारले उपलब्ध गराउने अनुदान रकमनै दिन आनाकानी गर्ने काम गरेको उनले बताए ।
शिक्षकहरुको तलब भुक्तानीका लागि आउने रकम शिक्षकहरुलाईनै नदिन अध्यक्ष एतबरिया देवीले आलटाल गर्दा शिक्षकहरुको तलब आफू आफ्ना ब्यक्तिगत पैसाबाट भुक्तानी गरेको रकम अझै पाउन न सकेको उनले बताए ।
केही स्थानीयहरुको उक्साहटमा एतबरिया देवीले आफुमाथी विभिन्न आरोप लगाई आफुलाई बदनाम गर्न खोजेको उनले बताए ।
सो विद्यालय जसरी भएनी बन्द होस भन्ने चाहनेहरुले अनावश्यक हस्तक्षेप गरेको कारण यस विद्यालयमा आउने अनुदान रकम रोकिएको कारण विद्यालयको पुर्वाधारदेखि अन्य समग्र अवस्था सुधार गर्न नसकिएको उनले बताए ।

16 Push 077 final