सर्लाहीबाट गाँजासहित दुई भारतीय युवक पक्राउ

सर्लाहीबाट प्रहरीले लागूऔषध गाँजासहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र सितामढी ग्राम पञ्चायत लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष छन् ।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही पुल नजिक नवलपुर तर्फ आउँदै गरेको बी.आर. ३० ए.जी १६४४ नम्बरको भारतीय मोटरसाइकलमा चेकजाँच गर्दा झोला र कार्टुन भित्र लुकाई राखेको प्रतिबन्धित गाँजा ७ किलो बरामद गरेको हो । संगै दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

16 Push 077 final