हातीको २ वटा दाँतसहित ३ जना पक्राउ

हात्तीको दाँतसहित पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उक्त दाँत बिक्रि वितरण गरिरहेको अवस्थामा शुक्रबार बिहान उनीहलाई दाँतसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा वीरगन्जका सुकदेव शर्मा, ठोरीका क्रीशान लामासहित ३ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्त एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार नियन्त्रणमा लिईएको उनीहरुलाई शुक्रबार अर्थात् आज साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । प्रहरीले उनीहरुको साथबाट २ वटा दाँत बरामद गरेको छ ।

नियन्त्रणमा लिईएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!