गरुडाका नगर प्रमुखद्वारा सडक ढलान तथा नाला निर्माणको शिलान्यास

रबिन्द्र प्रजापति, असार ०९ गते रौतहट । रौतहटको गरुडा नगरपालिकाकामा नगर प्रमुखले आइतबार सडक ढलान तथा नाला निर्माणको लागी शिलान्यास गरिएको छ । नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आईतबार गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा सडक ढलान तथा नाला निर्माण कार्यको लागी शिलान्यास गरेका छन ।
नगर प्रमुख जयसवालले ४० लाखको लागतमा निर्माण हुने लागेको नाला तथा सडक ढलान आज एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरेका हुन ।
मेयर जयसवालले पछिल्लो समय नगरमा बिकास निर्माण कार्यलाई तिब्रता दिएका छन ।
नगरलाई बिकशीत र स्मार्ट नगर बनाउन उद्देश्यले नगर प्रमुख जयसवालले रातदिन खटिरहनु भएकोले स्थानीयहरु निकै खुसी भएका छन ।
उक्त शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनदन सहनि, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनि, वडा नम्बर ४ का वडा अध्यक्ष सुनिल कुमार जयसबाल, समाजसेवी शैलेस जयसबाल, वरिष्ठ टेकनिसियन उपेन्द्र शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!