कटहरियाको धनलक्ष्मी प्राथमिक विद्यालयमा छात्रवृतिको रकम वितरण

रबिन्द्र प्रजापति,असार १० गते, रौतहट ।
रौतहटको कटहरिया नगरपालिक वडा नम्बर ५ कटहरिया गाँउमा रहेको श्री धनलक्ष्मी प्राथमिक विद्यालयमा आज छात्र छात्राहरुलाई छात्रवृत्तिको रकम वितरण भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ प्रसाद कलवारको अध्यक्षतामा सोमबार एक कार्यक्रमका बिच रकम वितरण गरिएको प्रधानध्यापक राकेश साह सोनारले जानकारी दिनु भयो ।
विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन अध्यापन गने १ सय १२ जना दलित छात्र छात्रा र अन्य छात्राहरुलाई रकम वितरण गरिएको प्रधानध्यापक सोनारले जानकारी दिए । प्रधानध्यापक सोनारका अनुसार १ सय १२ जना विद्यार्थीहरुलाई कुल ४४ हजार ८ सय रुपैयाँ वितरण गरिएको छ । उक्त विद्यालयले दिवा खाजा प्रत्यक दिन विद्यार्थीहरुलाई खुवाईदै आएको पनि बुझिएको छ ।
विद्यार्थीहरुलाई दिवा खाजा र छात्रवृत्तिको रकम दिरहेकोले स्थानिहरुले निकै उत्साहित भएको देखिन्छ । छात्रवृत्तिको रकम वितरण कार्यक्रममा उक्त स्कुलका शिक्षक शिक्षिका सहित वडा नम्बर ५ का कार्यापालिका सदस्य नागेन्द्र यादव, युवा नेता रामबरण सोनी लगाएका ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
विद्यालयलाई आउने दिनमा थप विकाश गरि व्यवस्थित बनाउने विद्यायल व्यवस्थापन समितिका अध्यक्ष कलवारले बताए । अध्यक्ष कलवारले गुणस्तरीय पठनपाठनका लागी शिक्षक शिक्षिकाहरुलाई सुझाव समेत दिएका छन ।

error: Content is protected !!