रौतहटको १६ पालिकाको बजेट अधिवेशन सम्पन्न, दुई पालिकाको नगर सभा बाकीँ

रबिन्द्र प्रजापति, असार ११ गते, रौतहट । रौतहटको १६ पालिकाले नगर सभा, गाँउ सभा अधिवेशन सम्पन्न गरेको छ । आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम असार महिनाको १० गतेभित्र ल्याइ सक्नुपर्ने कानूनी प्रावधान अन्तर्गत स्थानीय पालिकाले बजेट अधिवेशन गरिएको हो । असार ५ गते देखि १० गते भित्रमा रौतहटको १८ स्थानीय तहमध्य १६ स्थानीत तहले बजेट सार्वजनिक गरेका छन ।
असार ५ गते कटहरिया नगरपालिका आर्थिक वर्ष २०८१÷०८२ को लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाको बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेको थियो । ६ गते गरुडा नगरपालिकाले ७० करोड २० लाख ५९ हजार बजेट विनियोजन गर्दै बजेट अधिवेशन सम्पन्न गरेका छ ।
असार ७ गते गौर नगरपालिकाले आयोजना गरेका नगर सभामा समाचार संकलन गर्ने उद्देश्यले पुगेका स्थानीय सञ्चारकर्मीलाई कार्यक्रममा प्रवेशमा रोक लगाएको थियो । नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभामा कार्यपालिका सदस्य, नगर सभा सदस्यको उपस्थितिमा गौर नगरपालिकाले ६५ करोड ११ लाख ८० हजार प्रस्तुत गरेको थियो ।
त्यसैगरी चन्द्रपुर नगरपालिकाले १ अर्ब ८ करोड १० लाखको बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेको छ ।
त्यस्तै असार ०८ गते शनिबार ईशनाथ नगरपालिकाले ९ औं नगर सभाबाट ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेका छन । रौतहटको यमुनामाई गाउँपालिकाले आठौं गाउँसभाबाट ३३ करोड ८२ लाख छ हजार नौ सय ९९ रुपैया प्रस्तुत गरेको छ ।
त्यस्तै असार १० गते दुर्गाभगवती  गाउँपालिकाको ८ औं गाउँसभाबाट ३५करोड़ ६५ लाख ५६ हजार रुपैयाको बजेट प्रस्तुत गरेका छन । राजदेवी नगरपालिकाले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ४८ करोड १० लाख ९६ हजार रुपैयाको बजेट ल्याईएको छ ।
मौलापुर नगरपालिकाले फ्री बिजुली पानीको घोषणा सहित ३९ करोड़को बजेट प्रस्तुत गरेको छ । आजपा अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त नगरसभामा प्रस्तुत बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरुको घोषणा गरिएको हो ।
राजपुर नगरपालिकाको ८ औ बजेट अधिवेशनबाट कुल ५५ करोड ६० लाख ५३ हजार बजेट ल्याएको छ । रौतहटको गढिमाइ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५९ करोड ५० लाख १ हजार बजेट ल्याएको छ । त्यस्तै सोही दिन जिल्लाको वृन्दावन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५९ करोड १२ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
माधव नारायण नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड ७४ लाख ७२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ४८ करोड ४४ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
स्थानिय तहले अगामी आर्थिक मसान्तको बजेट ल्याए पनि अत्ति आवश्यक रहेको बारुण यन्त्रलाई आफ्नो निति तथा कार्यक्रममा समेटन नसके पनि परोहा नगरपालिकाले आगामी वर्षबाट सो पालिकाको आफ्नै बारुण यन्त्र संचालनमा ल्याउने कुरा निति तथा कार्यक्रममा समेटेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८१ । ०८२ मा नगरको समग्र बिकासका लागि ५७ करोड ६८ लाख ६३ हजार सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् ।
त्यस्तै बौधीमाई नगरपालिकाको ९ औं नगर अधिवेशन अहोराति अबेरसम्म भएपनि सम्पन्न भएको छ ।
बौधीमाई नगरपालिकाको ९ औं नगर अधीवेशनबाट  बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रति महिना ५०० को दरले बिमा सहित मुद्दती खाता खोल्ने र नगरपालिकाको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य  लागू गर्ने गरि आ.व.२०८१÷०८२ का लागी ६० करोड १२ लाख ८१ हजारको निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
९ औं नगर अधीवेशनको सभा हलमा पत्रकारलाई मेयर प्रदिप यादवले प्रवेश निषेध गरिएको थियो । मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिष्कार गरेकी हुन् ।
उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरूले मेयरसँग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाइएको छ । नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहीबेर मेयर यादव र उपमेयर जयसवालका समर्थकबीच धक्कामुक्की समेत भएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न भइसक्नुपर्ने व्यवस्थालाई मध्य नजर गरि रौतहटको १४ नगरपालिका २ गाउँपालिकाले बजेट ल्याएको छ । रौतहटमा १८ स्थानीय तह मध्य देवाही गोनाही, फतुवा बिजयपुर नगरपालिकाले अहिले सम्म बजेट ल्याउन सकेको छैन ।

error: Content is protected !!