आज जनजाति महासंघमा सर्वसम्मत नेतृत्व चयनको तयारी

असार, ११ गते । काठमाण्डौं ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आज ९मंगलबार०देखि सुरु भएको छ । ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’को मूल नारासहित महाधिवेशन सुरु भएको हो ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशनको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अगाडि बढ्ने छ ।
प्रथम महाधिवेशनबाट वर्तमान अध्यक्ष ओमबहादुर घर्तीमगर सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा छन् । अहिलेसम्म घर्तीमगरलाई चुनौती दिन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा अन्य व्यक्ति अगाडि आएको देखिएको छैन । पार्टीले सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय समितिले समन्वय गरिरहेको छ ।
सहमहामन्त्री आङदम्बे, पार्टीको आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रिन र केन्द्रीय सदस्य टेकबहादुर गुरुङ सम्मिलित समितिले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको छ । उनीहरूलाई महासंघबाट दिनेश थापामगर र रेशम गुरुङले सहयोग गरिरहेका छन् ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री र ८ जना सहमहामन्त्री रहने व्यवस्था छ ।
खुला केन्द्रीय सदस्य ३६ र सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुने व्यवस्था छ । खुला ३६ जनामा १२ महिला र प्रदेशबाट १–१ जना महिला निर्वाचित हुने छन् । अध्यक्षमा वर्तमान अध्यक्ष थापामगर, उपाध्यक्ष रामजी कंग्रिन र एक जना गुरुङ समुदायबाट चयन हुने सम्भावना छ । महामन्त्रीमा तीर्थ लामा र जगत बरामको नाम चर्चामा छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा करिब १३ सय मतदाता रहेका छन् ।

error: Content is protected !!