कटहरियास्थित लालबकैया नदीबाट बालुवा उत्खनन गरी ल्याउँदै गरेको तिन  ट्याक्टर सहित चालक नियन्त्रणमा

रबिन्द्र प्रजापति,असार १२ गते बुधबार

रौतहटस्थित लालबकैया नदीबाट अवैध रूपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले चालकसहित तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।


रौतहटको कटहरिया नगरपालिकास्थित लालबकैया नदीबाट अवैध रूपमा उत्खनन गरी ल्याउँदै अवास्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन ।


बालुवा उत्खनन भईरहेको सूचना प्राप्त हुनुकासाथ अस्थाई प्रहरी चौकी छेदी चौक खटीएको टोलीले अवैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिएकी छिन ।


जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरीएको प्रेश नोटका अनुसार ना७ त ३३८०, ना७ त ५६६३, ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरू गुजरा नगरपालिका ४ पाेखरभिन्डा बस्ने दशरथ माझीको छोरा सकलु माझी, सोही नगरपालिका वडा नम्बर ६ बस्ने रामबिलाश यादवको छोरा सुकेश यादव र कटहरिया नगरपालिका वडा नम्बर १ बस्ने किशोरीलाल यादवको छोरा दिपेश कुमार यादवलाई नियन्त्रणमा  लिएको  (डिएसपी) गिरीले जानकारी दिईन् ।


बरामद गरिएको तीनवटै ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको समाचार स्रोतले जानकारी दिनु भयो ।


उता रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनै जना चालकमाथि केही अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

error: Content is protected !!