कटहरियाको प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क शिविर संचालन

रबिन्द्र प्रजापति, असार १२ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरियास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाज जयसवालको प्रमुख अतिथि तथा स्वास्थ्य शाखा प्रमुख शंकर राय यादवको अध्यक्षतामा एक सम्हारोको आयोजना गरि निशुल्क स्वास्थ्य शिविर शुरु गरिएको हो ।
स्तन क्यान्सर, आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यानसर पता लगाउने जाँच (HPV/DNA) स्क्रीनिङ्ग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । उक्त शिविर दुई दिनको लागी संचालन भएको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनु भयो ।
स्वागत मनतब्यका क्रममा प्रजनन स्वास्थ्य शिविरबाट लाभ लिनका लागी बागमती सेवा समाज नेपालकी मनोपरामर्शदाता पुनम भट्टराईले आग्रह गरिन् । शिविरबाट लाभ लिनका लागी कटहरिया नगरभरीबाट सयौंको संख्यामा महिलाहरुले चेकजाँच गराउन पुगेका छन ।
त्सस्तै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले महिलाहरुलाई स्वास्थ्य राखनका लागी यो कार्यक्रमको आयोजना गरिएको बताए । नगर प्रमुख जयसवालले कटहरिया नगरपालिकाको ९ वटै वडाको वडा अध्यक्षहरुलाई महिलाहरुलाई बाचनको लागी यस्तै कार्यक्रमाहरुको आयोजना गर्न आग्रह गरे ।

महिलाहरुलाई भईरहेको विभिन्न जस्तो रोगलाई मध्य नजर गर्दै यो निशुल्क शिविर ल्याईएको स्वास्थ्य शाखा प्रमुख शंकर राय यादवले बताए । अर्को वर्ष वृहत स्वास्थ्य शिविर ल्याउनको लागी स्वास्थ्य शाखा प्रमुख यादवले विश्वाष दिलाउनु भयो । सो शिविरको कार्यक्रमलाई संचालन स्वास्थ्य सहसंयोजक दिनेश प्रसाद यादवले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्दा कटहरियाका प्रमुख डा. ज्ञानेश चौधरी, कटहरिया नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महतो कोईरी, वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, ६ का वडा अध्यक्ष जयराम चौधरी लगाएत नगर भरीका स्वास्थ्यकर्मी स्वयंसेवीका लगाएत महिलाहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!