त्रिसुली बस दुर्घटनामा थप दुई जनाको शव फेला, सनाखत हुन्न बाकीँ

असार २९ गते रौतहट ।
पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका( ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ। नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो।
एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ। अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो। शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन।
यसअघि पश्चिम चितवनको गोलाघाटको नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो। उनी भारत बिहारका ऋषिपल साह भएको र काठमाडौंबाट हिँडेको प्रदेश ३(००१ ख २४९५ नम्बरको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका उनका आफन्तले सनाखत गरिसकेका छन्। सभार : नेपाल लाइभ

error: Content is protected !!