कटहरियामा अर्थ मन्त्री यादवको भेटघाट सम्पन्न

रबिन्द्र प्रजापति, साउन ०५ गते । रौतहट ।
रौतहट जिल्लाको क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेशको अर्थ मन्त्रीमा नियुक्ति हुनु भएका सुनिल कुमार यादव (जितेन्द्र) ले आफ्नै क्षेत्र नं. ३ स्थित कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजारमा रहेको विवाह भवनमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरियाको विवाह भवनमा शनिबार बिहान स्थानिय जनप्रतिनिधि सहित पार्टीका नेता कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको छ ।
भेटघाट कार्यक्रममा अर्थ मन्त्री जितेन्द्र यादवले आफुले पाएको जिम्मवारी निर्वाह गर्नेछु । र तपाईहरुको आशा र भरोसा सहित बिकाशको लागी आफुसंग भएसम्म बिकाश गर्नको लागी मन्त्री यादवले प्रतिबध्ता जनाउनु भयो । अर्थ मन्त्री सुनिल कुमार यादव (जितेन्द्र) प्रदेश सांसदको रुपमा सक्रिय पनी छन् र उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि थुप्रै योजना अघि बढाएका छन् । अर्थ मन्त्री यादवले बिहीबार बेलुकीबाट अर्थ मन्त्रालय सम्हालेका छन ।
मन्त्री यादवले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । मधेश प्रदेशमा अहिलेको शिक्षाको अवास्था हेरेर मन्त्री यादवले शिक्षामा सुधार ल्याउनका लागी सबैलाई एकरुक्ता हुन जरुरी रहेको बताए ।
उक्त कार्यक्रममा क्षेत्रिय सभापति सर्फलाल गुप्ता, श्री जनता माध्यमिक विद्यालय कटहरियाका प्रधानअध्यापक सचिन्द्र प्रसाद यादव, कटहरिया बहुमुखि क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादब लगायत शिक्षक, शिक्षिका व्यापारि, नेपाली कांग्रेसका नेता कार्यकर्ता स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । नगर सचिब शंकर दासको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

error: Content is protected !!