सादा पोशाकको प्रहरी हुभनेर रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ

रौतहट, २४ साउन । आफूलाई सादा पोशाकको प्रहरी हु भन्दै सर्वसाधारणलाई डरत्रास देखाएर रकम असुली गर्दै आएको आरोपमा रौतहट प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर १ घर भएका रामबली साहका २४ बर्षिय छोरा रमेश साहले आफूलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरी हुँ भन्दै सर्वसाधारणको खानतलासी गरी रकम असुल गर्दै आएको प्रहरीलाई खवर प्राप्त भएपछि निजलाई इलाका प्रहरी चन्द्रपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

चन्द्रपुर नगरपालिका ९ डुमरिया स्थित गौर चन्द्रपुर सडक खण्डमा मंगलवार राति चेकजाँचको क्रममा साहलाई नियन्त्रणमा लिइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले नक्कली प्रहरी साहले बोकेका झोला खानतलासी गर्दा सशस्त्र प्रहरी बलको पोशाक बरामद भएको बताइन् ।

नियन्त्रणमा लिएका साह विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटबाट अभद्र व्यवहार मुद्दा शिर्षकमा म्याद थप गराएर आवश्यक अनुसन्धन सुरु गरिएको डिएसपी गिरीले भनिन् ।

error: Content is protected !!