अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई शिफारिस

२५ भदौ, काठमाडौं । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

( ब्मखभचतष्कझभलत (

सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राज किशोर यादवसँग पराजित भएकी थिइन् ।

( ब्मखभचतष्कझभलत (

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो ।

error: Content is protected !!