कांग्रेसलाई कुनै पनि शक्तिले सिध्याउन सक्दैन : मन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेस नेता अजयकुमार चौरसियाले कांग्रेसलाई कुनै पनि शक्तिले सिध्याउन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस पर्साको आयोजनामा भएको एक कार्यक्रममा बुधवार उनले यस्तो बताएका हुन्। उनले कांग्रेस र लोकतन्त्रमाथि पटकपटक आक्रमण भए पनि कांग्रेस झनै बलियो बनेर उभिएको बताए।

उनले शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट नेपाली कांग्रेस पार्टी बनेको भन्दै कांग्रेसमाथि जति प्रहार हुन्छ त्यति नै सशक्त हुने जिकिर गरे। 

उनले कांग्रेसहरु सबै मिलेर जाने हो भने तीन तहकै सरकारको नेतृत्व आगामी निर्वाचनबाट कांग्रेसले गर्ने दावी गरे। उनले नेपालमा अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै राम्रो काम गरेर जनतालाई सुविधान दिनुपर्नेमा जोड दिए।

error: Content is protected !!