लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्नका लागी नगर प्रमुख जयसवालको घोषणा
रबिन्द्र प्रजापति, मंसिर ०५ गते । रौतहट ।
लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्नका लागी रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले घोषणा गरेका छन । बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख जयसवालले यही मंसिर महिनाको अन्तिम सातादेखि कक्षा सञ्चालन गरिने जानकारी दिएका छन ।
नगर प्रमुख जयसवालले शिक्षा क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण कदम चालेका छन् । नगरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र अवसर प्रदान गर्ने उद्देश्यले उनले आफ्नै नगरभित्र लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने घोषणा गर्नु भएको छ ।
नगरका विद्यार्थीहरूलाई लोकसेवा र शिक्षक सेवा आयोगको तयारीका लागि बाहिर जानु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउनु भयो । नगरका युवाहरूलाई काठमाडौं, जनकपुर र हेटौंडा जस्ता सहरमा गएर तयारी गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र समय तथा पैसाको बचत गराउनका लागी उक्त कदम उठाइएको नगर प्रमुख जयसवालले बताउनु भयो ।
नगर प्रमुख जैसवालले भन्ने यसबाट उनीहरूलाई राहत मिल्छ,” भने आशा राखेको छु,“शिक्षा विकास हाम्रो मुख्य प्राथमिकता हो । त्यति मात्र नभएर यस कार्यका लागि आवश्यक स्रोतसाधन र व्यवस्थापन गर्न पूर्ण सहयोग गर्ने नगर प्रमुख जयसवालले प्रतिवद्धता समेत जनाउनु भएको छ ।
“नगरका गरिब, विपन्न तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरूलाई लोकसेवा र शिक्षक सेवा आयोगका तयारीका लागि बाहिर जानुपर्दा धेरै आर्थिक र मानसिक तनाव खेप्नुपर्छ । नगरमा विकास निर्माणका कामहरू कम भए पनि शिक्षामा कुनै पनि प्रकारको सम्झौता गरिने छैन।“ उनले यो कार्यक्रमले विशेषगरी नगरका गरिब वर्गका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस कदमले न केवल शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नेछ, तर नगरपालिकाभित्र स्वावलम्बी र दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यलाई पनि साथ दिनेछ। नगरपालिकाको यो निर्णयले स्थानीय तहमा शिक्षाको स्तरलाई सुधार गर्न ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ ।
यस निर्णयलाई स्थानीय विद्यार्थी र अभिभावकहरूले सकारात्मक रूपमा लिएका छन् । नगर प्रमुख जैसवालले आगामी दिनमा शिक्षाका अन्य पहलहरू पनि अघि बढाइने संकेत गर्दै सबैलाई यस अभियानमा सहकार्य गर्न आग्रह गरे ।