पार्टीको चुनावी घरदैलो कार्यक्रममा महामन्त्री शर्मा सहभागी
रबिन्द्र प्रजापति, मंसिर ०३ गते । रौतहट ।
पार्टीको चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहभागी सहभागी भएको छ । उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मधेस झरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार रौतहटको इशनाथ नगरपालिका–७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गरेका छन ।
सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शर्माले नेपाली कांग्रेसका कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताएका छन्। कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे।
नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएको बताउँदै महामन्त्री शर्माले कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुने बताए। उनले भने, ’यो देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन। कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो।
पनिर्वाचनको क्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन आज बिहान यहाँ आएका कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन समेत गरेका हुन् ।