म सहित प्रशासकीय अधिकृत माथी लागेको आरोपमा कुनै सत्याता नरेको नगर प्रमुख जयसवालको दावी
रबिन्द्र प्रजापति, मंसिर ०७ गते रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाललाई केही मिडियाले विभिन्न किसिमका झुठा भ्रामक खबर प्रसारण गरि झुकियाउन खोजोको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवालमाथी लगाईएको आरोपमा कुनै सत्याता नरहेको मेयर जयसवालले दावी गरेका छन ।
केही मिडियाहरुले मेयर अजय प्रकाश जयसवालले निर्वाचित भए देखिनै भौतिक पूर्वाधार निर्मण तथा विकासको कुनैठोस काम गर्न नसकेको आरोप अगाएको छ ।
बिगतका बर्षहरुमा आर्थिक सहयोग, विपदृ व्यवस्थापन, डिपिआर, कृषि, पिछडिएको वर्गलाई सहयोग, गर्दै आएपनि केही मिडियाले नगर प्रमुख जयसवाललाई बदनाम गर्न खोजेको कटहयिा नगरपालिका वडा नम्बर ५ का समाजसेवी दिनानाथ साह कलवारले बताए ।
बिगतका दिनमा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले शिक्षा क्षेत्रलाई विषेश प्राथमिक्ता दिएपनी उनीमा माथी लागेको आरोप अशोभनिय रहेको समाजसेवी कलवारले बताए । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले जिम्मेवारीपछि कटहरियाको अवस्था दिनप्रतिदिन सुधार हुँदै आएको छ ।
गएको एसईई परीक्षमा ३.६० भन्दा बढी ल्याउने आफ्ना नगरका विद्यार्थीहरुलाई नगर प्रमुख जयसवालले समान सहित ल्यापटॉप वितरण गरि विद्यार्थीको हौसला समेत बढाउनु भएको थियो ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले जिम्मेवारी पाएपछि कटहरियाको अवस्था सुधार हुँदै आएको बताए ।
आफ्नो दायित्व पूरा गर्न कटहरियामा देखिएको बेथितिलाई अन्त गर्न कटहरिया नगरपालिका नगर प्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले कुनै कसर छोडेको छैन ।
म सहित प्रशासकीय अधिकृत माथी लागेको आरोपमा कुनै सत्याता नरहेको नगर प्रमुख अजय प्रकाश जयसवालले दाबी गरेका छन । आफ्नो स्वार्थका लागी केही मिडियाहरुले म सहित प्रशासकीय अधिकृतलाई बदनाम गर्ने षड्यण्त्र रचेको नगर प्रमुख जयसवालले बताए ।
त्यस्तै कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एंम नेपाली कांग्रेसका क्षेत्रीय सभापति सर्फलाल गुप्ताले मैले नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कुनै पनि गलत र भ्यावहित नगरे बताए ।