रौतहटमा छोराले धारिलो हतियार प्रहार गरि बुवालाई बनाए घाइते

रबिन्द्र प्रजापति, मंसिर १५ गते । रौतहट ।
रौतहटमा छोराले धारिलो हतियार प्रहार गरि बुवालाई घाइते बनाएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाकाे वडा नं. ३ देवाही टाेलमा छाेराले छोराले धारिलो हतियार प्रहार गरि आफ्नै ७० बर्षीय बुवालाई घाईते बनाएको छ ।

घरेलु धारिलो हतियार प्रहार गरि घाटी काटेर गम्भीर घाइते बनाएको छोरालाई ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले नियन्त्रणमा लिएको छ ।

देवाही टोल बस्ने ७० बर्षीय कंचन बैठालाई शनिवार आफ्नै ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाटीमा प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

बैठालाई घाटीमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाए पश्चात् चिन्ताजनक अवस्था रहेकोले उहाँलाई उपचारको लागि बिरगंज लगिएको छ भने छोरा रबिनलाई ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले आफ्नो हिरासतमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!