देशको पहिचान हिन्दु राष्ट्रका लागि सबैले मिलेर लडनु पर्छ नेता शेख नुरुलको आग्रह
राैतहट ५ गते शुक्रबार
जनता समाजवादी पार्टीका नेता शेख नुरुल होदाले नेपाललाई हिन्दु राष्टघाेषणा गराउन जोड दिएका छन ।गाैरमा पत्रकारहरुसंग शुक्रवार दिउसो कुरा गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन आग्रह गरेका हुन । नेपालका शिर्ष नेताका केही कमीकमजोरीका कारण देस धर्म निरपेक्ष घाेषणा भएकाले देशको पहिचान समाप्त हुन गएकोमा दुख व्यक्त गर्दै नेता होदाले देशलाई पुन: हिन्दु राष्ट्र कायम गराउन माग गरेका छन । देशका सबै हिन्दु तथा मुस्लिम समुदायका जनतालाई गुमेको राष्ट्रिय पहिचानका लागि आ आफनो स्थानबाट जोड दिन उनले आग्रह गरेका छन । देशलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कुराको कुनै पनि मुस्लिम ले माग गरेको थिएन तर सरकारले घाेषणा गरे थिए । जसका कारण नेपालले आफ्नो असली पहिचान गुमाउन पुगेका छन । गुमेको पहिचान जोगाउन देशलाई पुनः हिन्दु राष्ट्र घाेषणा गराई संसारमा चिनाउनु पर्नेमा नेता होदाले जोड दिएका छन । नेपालमा गेरुवा बस्त्र धारण गरि कट्टर हिन्दुवादी छु भनेर घाटी सुक्ने गरि बोल्ने नेतालाई हिन्दुराष्टका लागि सडकमा आन्दोलन गर्न उनले सुझाव दिएका छन । हिन्दु राष्ट्र घाेषणा गराउन जाे काेही सडकमा आए आफ्नो साथ सहयोग रहने प्रतिवद्वता गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन नेता होदाले अनुराेध गरेका हुन ।