दुर्घटनामा घाईते भएका रौतहटको यादवले गुमाए ज्यान
रबिन्द्र प्रजापति, पुस १६ गते । रौतहट ।
बारामा मोटरसाइकल र पिकअप एकआपसमा दुर्घटना हुँदा रौतहटका एक जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीका अनुसार कटहरिया नगरपालिका वडा नं. ३ बिर्ती निवासी उमाशंकर यादवको छोरा अं. २५ वर्षीय सुरेश यादवको उपचारको क्रममा मृत्यु भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मीनिया चोकमा म.प्र.२-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१-०३ च ४०७८ नम्बरको पिकअप सोमबार दिउँसो एकआपसमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका रौतहटको मोटरसाइकल चालक यादवको प्रादेशिक अस्पताल कलैया हुँदै नेशनल मेडिकल कलेज वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो ।