विभिन्न मुद्दाका फरार ३२ जना रौतहट प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति, पुस १६ गते । रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी टोलीले ३२ जना परार प्रतिवादीहरुलाई पक्राउ गरिेकोछ । अदालतको फैसला कार्यनवयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका फरार ३२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जानकारी दिनु भयो ।

प्रहरी प्रवक्ता रायले दिएको जानकारी अनुसार अपराध शिर्षक, अभद्र व्यवहार, गाली बेईजती, नाप तौल सम्बन्धी कसुर, चेक अनादर, लेनदेन बिगो मुद्दा, कुटपिट सवारी ज्यान सहित बोक्सीको आरोप दुरव्यवहार गरेको आरोपमा फरार रहेको प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको ३२ जनालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।