अङग्रेजी नयां वर्ष २०२५ रौतहटमा पनि मनाइंदै

पुस १७ गते । रौतहट ।
आज सन् २०२४ को अन्तिम दिन। विश्वभर नयाँ वर्षलाई स्वागत गर्न हर्षोल्लासका साथ विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।


नेपालमा पनि ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको आगमनलाई विशेष उत्साहका साथ मनाउने चलन छ । रौतहट जिल्लामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न स्थानीयहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी भइरहेका छन् ।


जिल्लाको प्रसिद्ध स्थलहरू जस्तै नुनथर, समनपुरको लडैयाँ, बागमती नदीको किनार, र बृन्दावनको बलरी खोरको जंगल विशेष रूपमा पिकनिकका लागि प्रसिद्ध छन् ।

यहाँ बिहानैदेखि पिकनिक मनाउन आएका स्थानीय तथा बाहिरी जिल्लाका मानिसहरूको भिड लागेको छ । रौतहटका थुप्रै स्थानहरूमा नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुति, नृत्य कार्यक्रम, र मेला आयोजित गरिएका छन् ।


नुनथरको धार्मिक स्थलः यहाँको मठमन्दिरमा बिहानैदेखि पूजा–अर्चना गर्न मानिसहरूको घुइँचो लागेको छ । बलरी खोरको जंगलः प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थान पिकनिकका लागि विशेष चर्चित छ।