रौतहट सहित तराई मधेशमा चिसो बढ्यो, जनजिवन कष्टकर
रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट ।
रौतहट सहित तराई मधेशमा चिसो बढेको छ । मधेश प्रदेशको अठौ जिल्लामा बढेको चिसोले जनजिवन कष्टकर बनेको पाईएको छ। मकर संक्रान्तिको विहान देखि एकाशि बढेको चिसोले गर्दा घरवाट वाहिर जान कठिनाई भएको छ ।
चिसो बढेका कारण रौतहटको कटहरिया, गौर, गरुडा, समनपुर, चन्द्रनिगाहपुर, लगाएको चौक चौकमा अहिले आगो बालेर आगो तापने गरेका छन । बढि रहेको चिसोले गर्दा खासगरि वालवालिका वृद्धवृद्धा पशु चौपाया कष्टकर बनेको छ ।
रौतहटको बजारमा चिसोले गर्दा मानिसको आवत जावतमा समेत कमि आएको पाईएको छ। बजार मा बिहान र बेलुका बाटोमा हिलडुल गर्ने बटुवाको कमि भएके छ। बिहान र बाक्लो हुसु लागेकोले
मानिसलाई घर बाहिर जानका वध्य भएको छ । अहिले रौतहटमा विहान र वेलुका वढि मात्रामा चिसो बढेको छ ।
बढेको चिसोका कारण सवारी आवत जावतमा समेत कठिनाई भईरहेको छ । घर बाहिर विहान कुनै काम परेपछि सवारी मोटर साईकल चलाई जान निकै कठिनाई भएको सवाली चालकहरुले वताउछन । यो चिसोमा विहान
मोटरसाईकलले जानु निकै कठिनाई भईरहेको छ । वाध्य भएर मोटर साईकल चलाएको सवारी चालको भनाई छ ।
बजारको चौक चौकको चौत्रामा दाउरा राख्नका लागी स्थानियहरुले स्थानिय सरकारसंग माग गरेका छन । बजारको चौक चौकमा दाउरा वाले पछि बाहिर लगाएत स्थानिय व्यपारीहरुलाई सहजको लागी स्थानिय सरकारसंग माग गरका छन ।