वृन्दावनमा साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न
रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट ।
रौतहटको वृन्दावन नगरपालिका स्थित रहेको श्री बतहु माध्यमिक विद्यालय हर्षाहामा साढ़े तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।
उक्त नगरपालिकाको वडा नम्बर ६ हर्षाहामा रहेको श्री बतहु माध्यमिक विद्यालयमा एक कार्यक्रमका बिच प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य रामकुमार भट्टराई र नगरप्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा भवन निर्माणको लागी शिलान्यास गर्नु भयो ।
पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संविधान सभा सदस्य रामकुमार भट्टराई, स्थायी समिति सदस्य नेत्री कल्याणी खड्का, वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मी र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोको नेतृत्वमा संघीय समपुरक अनुदानको सहयोगमा ५ करोड ३० लाख ५१ हजार ४१६ रुपैयाँको लागतमा उक्त भवन निर्माण
हुन लागेको नगर प्रमुख बिनोध प्रसाद कुर्मीले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख बिनोद प्रसाद कुर्मीले विकासका यस्ता योजनाहरूले शिक्षा र आधारभूत सुविधाको पहुँचमा सुधार ल्याउने बताए। उपमेयर संगीता राम, वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी र शुभेच्छुकहरूले पनि आ-आफ्ना मन्तव्य राख्दै यी परियोजनाहरूको महत्त्वबारे जानकारी गराए।
यो परियोजना सम्पन्न भएपछि स्थानीय विद्यार्थीहरूले गुणस्तरीय शैक्षिक वातावरण पाउने विश्वास गरिएको छ।