रौतहट प्रहरीद्वारा भन्सार छलीका सर-सामानसहित एक जना पक्राउ

रबिन्द्र प्रजापति, माघ ०३ गते । रौतहट ।
भन्सार छली गरि ल्याउदै गरेको सामान रौतहट प्रहारीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानहरुमा विभिन्न सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा बि आर ०५ एम ७२७૪ नम्बरको मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको छन ।

प्रहरीले दिएको जानकारी अनुसार, गत पुस २८ गते अ. मुल्य  १ लाख १ हजार ३ सय ६८ बराबरको बिस्कुट, चक्लेट, चिनी, मिठा, कफी लगायतका किराना सामानहरु र कपडाहरु बरादम गरिएको छ ।

कपडा, किराना सर-सामानसहित, मोटरसाइकल चालक  ईशनाथ नगरपालिका वडा नं.२ बस्ने नगनारायण साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरिएको प्रेश विज्ञप्तिमा उल्लेख छ ।