दुधियाभारका ईन्स्पेक्टर थापाले कटहरिया बजारको चोक चोकमा बाले आगी

रबिन्द्र प्रजापति,माघ ०૪ गते । रौतहट ।
चिसोबाट बच्चनका लागी शस्त्र प्रहरी बल दुधियाभारले आज कटहरिया नगरपालिका स्थित चर्चित कटहरिया बजारको चौक चौकमा दाउरा वितरण गरिएको छ । शुक्रवार विहान स्थानीयहरुको उपस्थितिमा दाउरा वितरण गर्दै चोक चोकमा आगी बालिएको छ ।

कटहरिया नगरपालिकाका मेयर प्रत्याशी नसरुदिन अंसारीको पहलमा शस्त्र प्रहरी बल दुधियाभारका ईन्स्पेक्टर चुनराज थापाले आज कटहरिया बजारको चोक चोकमा दाउरा वितरन गरिएको अखिल क्रान्तकारीका जिल्ला स- सचिवरामआधार यादवले बताउनु भयो ।

शस्त्र प्रहरीका ईन्स्पेक्टर थापाले दाउरा वितरण गरेपछि स्थानीयहरुले खुलेर प्रशांसा गरेका छन । लगातार बढीरहेको चिसोबाट जनजीवन कष्टकर भएपछि बाटोमा हिँड्ने नागरिकलाई सुविधा हुने उद्देश्यले ईन्सपेक्टर थापाले चोक चोकमा आगो बालेको उनले बताए ।