
गरुडाका मेयर जयसवालद्धारा दाउरा वितरण
रबिन्द्र प्रजापति, माघ ११ गते । रौतहट ।
रौतहट सहित तराई मधेशमा बढ्दै गएको कठ्याङ्ग्रिँदो कठुआएवाला चिसोले नगरवासीलाई गम्भीर रूपमा प्रभावित भईरहेको समयमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले दाउरा वितरण गरेका छन ।
गरुडा नगरपालिकाका नगर प्रमुख जयसवालले आज वडा नं. ८ जिङ्गडिया, वड नं. ९ रघुनाथपुर, वडा नं. ७ भिमडावर, र वडा नं. ४ गरुडाका प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको जानकारी दिए ।
नगरवासीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै, चिसोबाट प्रभावित नागरिकहरूलाई राहत पु¥याउने कार्यलाई निरन्तरता दिँदै दाउरा वितरण गरेका हुन । यसअघि पनि नगरपालिकाले अति विपन्न, गरिब, दलित, र ज्येष्ठ नागरिक परिवारका करिब १५ सयभन्दा बढी व्यक्तिहरूलाई कम्बल वितरण गरिएको नगगर प्रमुख कन्थमणी प्रसादले जानकारी दिनु भयो ।
यो अभियानलाई अझ प्रभावकारी बनाउँदै, बाँकी रहेका क्षेत्रमा दाउरा र कम्बल वितरण कार्यलाई निरन्तरता दिने तालीका रहेको समेत मेयर कलवारले बताए । चिसो मौसममा सबैजनाले आफ्नो र आफ्नो परिवारको विशेष ख्याल राख्नका लागी पनि मेयर कलवारले आग्रह समेत गरेका हुन ।