
कटहरियाको एक मिष्ठान भन्डारमा चोरी
रबिन्द्र प्रजापति, माघ ११ गते । रौतहट ।
पछिल्लो समय रौतहटमा चोरीको घटना बढ्दै गएको छ । बिहीबार राती जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजारमा रहेको आर्यन मिष्ठान भण्डारमा चोरका समुहहरुले चोरी गरेको छ ।
आर्यन मिष्ठान भण्डारका प्रो. सरोज केशरीले दिएको जानकारी अनुसार हिजो बनाईएको ४० किलो मिठाई, बा ४४ प ७७९६ नम्बर पल्सर मोटरसाईकलको बुल्लुबुक खातामा पैसा जम्मा गर्ने बच्त डायरी ६ थान आलु, प्याज, मासाला हरियो तरकारी गरि ५० हजारको मालसामान चोरी भएको छ ।
रातीको समयमा आएको चोरका समुहहरुले पसलको पछाडीबाट सामान चोरी गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहले बताए ।