
ईलाका प्रहरी कार्यालय कटहरियामा डिआईजी आचार्यले गरे निरीक्षण
रबिन्द्र प्रजापति, माघ ११ गते । रौतहट ।
रौतहटको ईलाका प्रहरी कार्यालय कटहरियामा मधेश प्रदेश प्रहरी प्रमुख महानिरीक्षक डिआईजी लालमणी आचार्यले आज निरीक्षण गरेका छन । डिआईजी आचार्यले शुक्रबार दुईसो करिब ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय कटहरियामा पुगेर निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरुद्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा निःस्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न ईलाका प्रहरी कार्यालय कटहरियामा रहेका कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धान सम्बन्धमा आवश्यक निर्देशन दिएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहले जानकारी दिनु भयो ।
निरीक्षण पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै डिआईजी आचार्यले भने’ शान्ति सुरक्षाको अवस्था मधेश प्रधेशमा समान्य रहेको छ । चोरी तस्करीको घटना नियन्त्रण गर्नका लागी नेपाल प्रहरीले विशेष कदम चालेको वहाले बताउनु भयो ।
मधेश प्रधेशका डिआईजी आचार्यले भने’ अर्को प्रदेशमा भएको कुटपिटका कुराहरुलाई लिएर हामी सतर्क छौ । डिआईजी आर्चायले भने’ २०५९∕६० मा दुई वर्ष ईलाका प्रहरी कार्यालय कटहरियाबाट ईन्स्पेक्टरको रुपमा सुरक्षा दिएर गएको छु ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एसपी भिम किरण बोगटी, कटहरिया नगरपालिकाका वर्तामान नगर प्रमुख अजय प्रकाश जयसवाल, पुर्व विधायक कुन्दन कुशवाहा, वडा नम्बर ४ का वडा अध्यक्ष चनदन कुशवाहा, कटहरिया म्यूजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ट, पत्रकार संजय मिश्रा, पत्रकार रबिन्द्र प्रजापति लगायतको उपस्थित रहेको थियो ।