
सरस्वती पूजा मनाउनका लागि रौतहटको स्कूलहरुमा सरसफाई शुरू, कुम्हारहरुलाई मुर्ती बनाउन भ्याइनभ्याई
रबिन्द्र प्रजापति, माघ १९, गते । रौतहट ।
सरस्वती पूजाका लागि रौतहटको निजी तथा सरकारी स्कूलमा सर सफाई शुरु भएको छ ।
वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव गर्नका लागी अहिले रौतहट भरका साना देखी ठुला स्कूल तथा बोडिंगमा सरसफाई शुरु भएको छ ।
जिल्लाको कटहरिया, गौर, गरुडा, चन्द्रनिगाहपुर समनपुर, मौलापुर लगाएत जिल्लाभरीको निजी तथा सरकारी स्कूलमा सरसफाई भईरहेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया स्थित त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूल, माही मेमोरीयल, बाल कल्याण विद्य मन्दिर बोर्डिंग स्कूल, श्री जनता मा.बि. लगाएत १८ वटै स्थानीयतहहरुमा रहेको निजि तथा सरकार स्कूलहरुमा सरसफाई भईरहेको पाईएको छ।
यस वर्ष माघ २१ गते सोमबार सरस्वती पूजाको तिथि छ ।
हरेक वर्ष झै यो वर्षपनी धुमधामका साथ सरस्वती पूजनोत्सव गर्ने तयारी भईरहेको एकेडेमी इंगलिश बोर्डिंग स्कूलका फाउन्डर प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
चन्दा संकल्न गरि विधार्थीहरुले हरेक वर्ष सरस्वती पुजा गर्दै आएको र यस वर्ष पनि हर्षोहुलासका थान मनाईने योजना रहेको प्रिन्सिपल रौशन साहले बताए ।
विधार्थीहरुले हरेक वर्ष चन्दा संकल्न गरि धुमधामका साथ पूजापाठ गर्नुका साथै सांस्कृतिक कार्यक्रम गर्दै आएको र यो वर्ष पनि एकेडेमी इंगलिश बोर्डिंग स्कूलमा सांस्कृतिक कार्यक्रम हुने भएको प्रिन्सिपल साहले जनाए ।
यसैविच जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् । ग्राहकको अर्डरअनुसार ३ हजारदेखि २० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका कुम्हाल कलाकारहरुले बताएका छन ।
सरस्वती पूजनोत्सवको दिन नजिक्दै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ।
माटोका मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका रौतहटका कुम्हाल जातिहरू यति वेला सरस्वतीको मूर्ति बनाउनमा व्यस्त छन्। माटोको विभिन्न मूर्ति बनाउने कुम्हालेलाई तराई मधेशमा पण्डित पनि भनिन्छ।
माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो।
रौतहटका मूर्तिकारहरू यति वेला विभिन्न साइजका सरस्वतीका मूर्तिहरू बनाउनमा व्यस्त छन्। कतिपयले विद्यालयहरूले दिएको अर्डरअनुसार मूर्ति बनाइरहेका छन् भने कतिपयले आफैँले बनाएर मुर्ती किन्न आउनेलाई मूर्ति बेच्ने गरेका छन्।