६ सय किलो भन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित महोत्तरीबाट एक जना पक्राउ

माघ २५ गते । महोत्तरी ।

ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् ।

बिहीबार राति करिब साढे ८ बजेको समयमा जिल्लाको भंगहा नगरपालिका ६ मजरा स्थित बर्दिबास जलेश्वर सडक खण्डमा ६ सय ४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानका अनुसार अस्थाई प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले बर्दिबासबाट जलेश्वर तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख् ००२१ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा ट्रकको हुडमा डोरीले बाँधी कालो प्लाष्टिकलो छोपी राखेको ४० वटा गाँजाको पोका बरामद गरिएको हो ।

प्रहरीले गाँजासहित ट्रक र ट्रक चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।