त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कुलम‍ा लगाईयो एच पि. भि खोप

रबिन्द्र प्रजापति, माघ २५ गते । रौतहट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संचालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ आज रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजार स्थित रहेको त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूलमा खोप लगाईएको छ । कक्षा ६ देखी कक्षा ८ सम्माका किशोरीहरुलाई आज एच पि. भि. खोप लगाइएको हो ।

त्रिशक्ति एकेडेमी इंगलिश बोर्डिंग स्कूलमा शुक्रवार उक्त खोप लगाइएको फाउन्डर प्रकाश श्रेष्ठले जानकारी दिनु भयो । १२ जना किशोरीलाई कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादवको उपस्थितिमा खोप लगाईएको हो ।

‘यसै बिच” स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादवले दिएको जानकारी अनुसार, कटहरिया नगरपालिका भित्र संचालन भएको एच पि. भि. खोप कक्षा ६ देखि कक्षा १० सम्म लगाइएको छ । स्कूल तथा बोर्डिंगको रजिस्टर अनुसार खोप लगाउनका लागी कर्मचारीहरुलाई स्वास्थ्य शाखा प्रमुख यादवले निर्देशक दिएको बताउनु भयो ।

शनिवार प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्कुल तथा बोर्डिंगबाट वञ्चित भएको १० वर्ष देखि १૪ वर्षका किशोरीहरुलाई खोप लगाउने तालिका रहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिनु भयो । याे अभियानकाे पहिलोदिन लक्ष्यित समूहका ४ सय ६० जना किशाेरीहरूलाई एचपिभी खाेप लगाइएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ । यो खोप माघ २३ गते देखि सुरु भएको छ । सरस्‍वती पुजाका कारन एक दिन ढिलो गरिएको छ ।

कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ । कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३  किशोरीलाई एचपिभी खाेप दिँदैछ । एचपिभी खाेप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।