
देवाही गोनाहीको धरहरीमा मेयर साहले गरे सडक ढलानको शिलान्यास
सागर संगम ठाकुर रौतहट माघ २८ गते
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा सडक ढलानको शिलान्यास गरिएको छ ।देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको हो ।
नगरपालिकाको नगर स्तरिय बजेटकाे कुल ८ लाखको लागतमा निर्माण हुने उक्त सडकको मेयर साहले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।
उपभोक्ता समिती मार्फत हुने उक्त सडक ढलान कार्यको अध्यक्षमा स्थानिय कमलकान्त मिश्र उपाध्यक्ष रेनु कुमारी बैठा र सचिवमा नन्दकिशोर यादव रहेको छ ।
वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साह,वडा सदस्यहरु खुबलाल दास,महिला सदस्य प्रमिला देवी साह,संजोगिया देवी दास,श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका पुर्व प्रधानाध्यापक राजकिशोर प्रसाद यादव,शिक्षक रामचन्द्र राय यादव,युवा नेता नन्दकिशोर यादव,हरिश्चन्द्र यादव,लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।