होलीका दिन मधेशमा ३५ सवारी दुर्घटना, ९९ जना घाईते

रबिन्द्र प्रजापति, चैत ०३ गते । रौतहट ।
मधेश प्रदेशमा होलीको दिन ३५ वटा मोटरसाइकल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ९९ जना घाईते भएको छ ।


मधेश प्रदेश प्रहरी कार्यालयका ‍अनुसार रौतहटमा ८ बारामा १ पर्सामा ५ सर्लाहीमा १૪ महोत्तरीमा १९ धनुषामा ૪३ सिरहामा र २ सप्तरीमा ७ जना गरी ९९ जना घाईते भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइरालाका अनुसार ३५ वटा मोटरसाइकल दुर्घटना भएको छ ।


होली पर्वको अवसरमा प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त चेकिङ् टोलिले चेकजाँचको क्रममा नियम बिपरित निम्न सवारी साधन तथा मानिसहरुलाई कारवाही गरीएको बिवरण छ ।


मधेश प्रदेश अन्तर्गत रहेका ८ जिल्लाहरुमा होली पर्व मनाउने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने, मा.प.से.गर्ने, झै-झगडा तथा हो-हल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने निम्नानुसारका मानिस तथा सवारी साधनहरुलाई प्रहरी/ट्राफिक चेकजाचद्वारा नियन्त्रणमा लिईएको छ ।