राजावादीले पारे व्यक्तिकै घर छियाछिया

१५ चैत, रौतहट । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् ।


राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।
अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।
उक्त घरभित्र मानिसहरू छन् ।

छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् ।


तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।


त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् ।