
सिम्रौनगढ नगरपालिकाको गाडी रौतहटमा दुर्घटना
रबिन्द्र प्रजापति, बैशाख ३१ गते । रौतहट ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको गाडी रौतहटमा दुर्घटना भएको छ ।
बुधबार जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.५ नारायणचोक देखि २०० सय मिटर उत्तर कटहरिया जाने बाटोमा दुर्घटना भएको छ ।
चपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नं.को सिम्रौनगढ नगरपालिकाको मेयर चढने सरकारी नम्बर प्लेटको महेन्द्र कम्पनीको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको छ
गाडी पुर्ण रुपमा क्षती भएको छ । स्कारपियो चालक बारा सिम्रौनगढ नगरपालिका वडा नं.१ बैरिया बस्ने बर्ष ४० को मुस्तुफा आलमको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।