‘लुटको धन फुपुको श्राद्ध” पैसा नदिने पक्षमा मनिश सिंह दलाल

रबिन्द्र प्रजापति, जेठ २६ गते । रौतहट ।
रौतहटका यूवकहरुसंग दुबई पठाईदिन्छु भन्दै ठगी गर्ने धनुषाका मनिश सिंहले अहिले सम्म पैसा फिरता गरेको छैन । यस अखि विभिन्न मिडियाबाट समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका सिंहले अहिले सम्म पैसा नदिएको बेरोजगार पिडित यूवाहरुले बताए ।

मेनपारलका दलाल मनिश सिंहले कटहरिया सहित परोसी जिल्लाका दर्जनौ यूवाहरुसंग सात हजार देखि २० हजार सम्म असुलि गरेको थियो । “लुटको धन फुपुको श्राद्ध” पैसाको लागी फोन गर्दा “एकछिन,आज, भोल गर्दै पिडितहरुलाई आश्वासन दिदै आएको छ ।

आफुलाई एजेन्ट ठान्ने दलाल मनिश सिंहले दिएको झुठा आश्वासनले पिडितहरु आजित्त भएका छन । पैसा दिएर फसेका यूवाहरुले पैसा दिने पक्षमा रहेको छैन अब मुद्दा दर्ता गराउने प्रक्रियामा रहेको कटहरिया नगरपालिका वडा नम्बर ५ का पिडीत अरबिन्द साहले जानकारी दिनु भयो ।

धनुषा जिल्लाको जनकपुर स्थित डिगम्बरपुर आफ्नो घर बताउने मनिष सिंहले काठमाण्डुको बालकुमारी स्थित महालक्ष्मी नगरपालिका वडा नम्बर ४ ईमाडोलमा रहेको सम्योग प्याथ ल्याब एण्ड क्लिनिकमा बोलाई वैदेशिक रोजगारीको नाममा ७ हजार देखि २० हजार सम्म असुलि गरेको अरोप छ ।

यस विषयमा मेनपावरका एजेन्ट सिंहलाई फोन गर्दा फोन उठेन ।