रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

रबिन्द्र प्रजापति , जेठ २९ गते । रौतहट ।
रौतहटमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।


दुर्घटना बिहीबार बिहान भएको छ । अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् । गाडी खुलाउन प्रयास भइरहेको अधिकारीले बताए । स्थानीयले मृतकको शव उठाउन मानेको छैन ।


अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको अधिकारीले भने ।