
कटहरिया नगरपालिकाको ११ औं नगर सभा सम्पन्न, ५४ करोड भन्दा बढि बजेट प्रस्तुत
प्रकाश श्रेष्ठ, असार ३ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाके ११ औ नगर सभा सम्पन्न भएको छ । जिल्ला समान्वय समितिका जिल्ला अध्यक्ष राम अयोध्या यादवको प्रमुख अतिथी तथा विशिष्ठ अतिथी नगर प्रमुख अजय प्रकाश जैसवाल रहनु भएको थियो । मेयर जैसवालले पानसमा बति बालेर कार्यक्रमलाई उदघाटन गरेको थियो ।
आर्थिक वर्ष २०८२–८३ को लागी ५४ करोड भन्दा बढीको बजेट आज मेयर अजय प्रकाश जैसवालले प्रस्तुत गरेका छन । मेयर जैसवालले मंगलबार नगर सभाबाट ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
नगर प्रमुख जैयसवालले आन्तरिक आयबाट ४ करोड, नेपाल सरकार बाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान बाट १० करोड ९९ लाख सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैयाँ राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३ सय ७१, प्रदेश सरकार बाट वित्तीय समानिकरण ७५ लाख ६५ हजार राजश्व बाँडफाँट बाट ६१ लाख ७४ हजार ८ सय ९० रुपैयाँ स्थानीय सरकार राजश्व बाँडफाँट बाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ आय रहेको सार्बजनिक गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जैयसवालले कृषि ब्यबसाय, पशुपालन मत्स्य पालनक्षेत्रको बिस्तार र उत्पादकत्व वृद्धि गर्ने, योजनाहरुको संचालन तथा कार्यान्वयनमा प्रविधिको प्रयोगलाई बढवा दिई तोकिएको समयमानै सम्पन्न गर्ने बातारण तयार गरिने, लक्षित वर्गको सशक्तीकरणका कार्यक्रम संचालन गर्ने, नगरभित्रका नागरिकको संक्रमक लगायत सबै प्रकारका रोग र बिपद बाट नागरिकको जीवन रक्षा गर्दै जनजीबनलाई सहज र सुरक्षित बनाउने योजना रहेको छ ।
त्यति मात्र नभई उपलब्ध साधन स्रोत अबसर क्षमताको उच्चतम परिचालन गरी सिघ्र आर्थिक तथा सामाजिक विकासको गतिलाई निरन्तरता दिने, सबैलाई स्वच्छ पिउने पानी पुरयाउने अबधारणा अनुरुप सबै वडा टोल बस्तीमा खानेपानीको उपलब्धतालाई सहज बनाउने कृषि, पशुपन्छी, सहकारी, पर्यटन, शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइमा यो आर्थिक वर्षको बजेटमा समेत पेश गरिएको जानकारी दिनु भयो ।
त्यस्तै लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, कर्मचारी प्रशासन तथा जनशक्ति व्यवस्थापन सम्बन्धी नीति, राजश्व परिचालन, वित्तीय व्यवस्थापनको प्रभावकारी कार्य गर्नुको साथै नागरिक सुनवाइ गर्ने जस्ता कार्यक्रम आर्थिक वर्ष ०८२–०८३ मा गरिने छ ।
नगर सभामा कटहरिया नगरपालिकाका उप मेयर रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा, वडा अध्यक्ष कार्यापालिका सदस्य, नगरपालिकाका कर्मचारी, स्थानीय, भद्रभलादमी, बुद्धिजीवी, प्रहरी प्रशासन पत्रकारहरुको उल्लेखनीय उपस्थित रहेको थियो । उक्त नगर सभामा विभिन्न कार्यपालिका सदस्य, पत्रकारहरुले आफ्नो मन्तब्य राख्दै मेयर जैसवाललाई सुझाव दिएको थियो ।