रौतहटमा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

रबिन्द्र प्रजापति, असाढ ०५ गते । रौतहट ।
रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीयामा करेन्टन लागेर ज्यान गएको पिडित परिवारले जानकारी दिनु भयो ।

मृत्यु हुनेमा सेख सपुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती गुल्नाज खातुन रहेको जनाएको छ । मृत्क खातुनको पेटमा रहेको बच्चाको समेत ज्यान गएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

करेन्ट लागेपछि खातुन गम्भीर भएका थिएन । उलाई प्रादेशिक अस्पताल गौरमा पुगाउडा चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृत्क माहिलाकी बुवाले दिएको जानाकरी अनुसार बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको छ । उनका अनुसार १५ वर्ष अघि मुसलिम परम्परागत विवाह भएको थियो । उनलाई तिन छोरा छोरी रहेको छ ।