
कटहरियास्थित टोलापुरमा किशोरीले गरिन् आत्महत्या
रबिन्द्र प्रजापति, असाढ ०५ गते । रौतहट ।
रौतहटमा एक किशोरीले आत्महत्या गरेकी छिन । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ૪ टोलापुर बस्ने अं. १૪ वर्षकी प्रियांका दासले आत्महत्या गरेकी छिन ।
किशोरी दासले आफ्नै घरमा फाँसो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेका छन ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई विनोध राना मगरले दिएको जानाकरी अनुसार घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको छ । किशोरी दासको मान्सिक स्थिति ठिक नभएको सई मगरले जानकारी दिनु भयो ।
मृतक दासको शवलाई गरुडाको टोलीले मुचुलुका उठाई पोस्मार्टमका लागी प्रादेशिक अस्पताल गौरमा पठाईएको सई मगरले जानाकरी दिनु भयो । स्थानीयले दिएको जानकरी अनुसार उनी श्री जनता माध्यमिक विद्यालय कटहरियामा अध्ययनरत रहेकी थिइन् ।