सिरहामा प्रेमीकाले डेरामै पुगेर प्रेमीमाथी गरे छुरा प्रहार

असार ५ गते । रौतहट । 
सिरहाको गोलबजारमा एक युवतीले डेरामै पुगेर युवकमाथि छुरा प्रहार गरेकी छन् ।

युवतीको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् ।

गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई आज साँझतिर युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।

गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले बताए ।

घाँटीमा छुरा प्रहारपछि घाइते युवकको स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुबैजनाबीच प्रेम सम्बन्ध रहेको छ ।