
गरुडा नगरपालिकाको १३ औं नगरसभा भब्य रुपमा सम्पन्न
रबिन्द्र प्रजापति, असाढ ०६ गते । रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर सभाको भब्य रुपमा सम्पन्न भएको छ। गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा ९ औं वजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
प्रमुख अथिति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शुक्रबार गरुडा नगरपालिकाको १३औ नगर सभा को उदघाटन गर्नु भएको छ। मन्त्री गुप्ताले पानसमा पति बालेर नगर सभाको उदघाटन गरेका छन ।
मन्त्री गुप्तालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जैसवालले ५१ किलोको फूलको माला लगाएर स्वागत गरेका छन ।
कार्यक्रम विशिष्ट अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा रौतहटका ईन्चार्ज अजय कुमार गुप्ताको विशेष उपस्थिति रहेको रौतहट जिल्लाको नमुना नगरपालिकाको रुपमा परिचित गरुडा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२-८३ का लागी ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँको बजेट बिनियोजन गरेको छ।
नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जैसवालको अध्यक्षतामा नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२÷०८३ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नुभएको थियो ।
नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगरपालिकामा जारी कृषी सहुलियत नितीलाई यस बर्ष पनि जारी राखेको छ ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सञ्चारकर्मी,सुरक्षा निकायका पदाधिकारीहरु लगायतका स्थानिय नगरवासीको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमको संचालन योजना शाखा प्रमुख रामानन्द सहनिले गर्नु भएको थियो ।