कटहरियाकी उपमेयरद्धारा विद्यालय भवनको शिलान्यास

रबिन्द्र प्रजापति, असाढ ०६ गते । रौतहट ।  
रौतहटको कटहरिया नगरपालिकाकी उप नगर प्रमुख रिता देवी यादवले उक्त नगरपालिका स्थित फतेपुरमा विद्यालय भवनको शिलानयास गरेकी हुन । कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा रहेको श्री अधारभुत विद्यालयमा उपमेयर यादव र वडा अध्यक्ष जयराम चौधरीले संयुक्त रुपमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको छ ।

शुक्रबार एक समारोहका बिच उप मेयर यादव र वडा अध्यक्ष चौधरीले शिलान्यास गर्नु भएको छ । उपमेयर यादवले दिएको जानकारी अनुसार नगर स्तरीय बजेटबाट ५ लाखको लगतमा दुई कोठे भवनको निर्माण हुन् लागेको हो । उप मेयरले संयुक्त रुपमा विधिवत रुपमा भवनको शिलान्यास गरेको हो ।

विद्यालयमा भवन निर्माण हुन लागेको खबरले बिधार्थीको पठनपाठनमा थप सहजता आउने स्थानीयहरुले बिश्वास लिएको छ । विद्यालयमा विद्यार्थीको चाप उच्च भएको कारण कक्षाकोठाको अभावले शिक्षण सिकाइमा समस्या उत्पन्न भइरहेको थियो ।

यही समस्या दीर्घकालीन रूपमा समाधान गर्न दुई कोठे पक्की भवन निर्माणको प्रक्रिया थालिएको हो,” उपप्रमुख यादवको भनाइ थियो । उक्त शिलान्यास कार्यक्रममा स्थानीय भद्रभलादमी, राजनितीक दलका नेता कार्यकर्ता, शिक्षाप्रेमीहरुको सहभागीता रहेको थियो ।