सिराहाका डिएसपी पासवान उत्कृष्ट प्रहरीको रूपमा सम्मानित

रबिन्द्र प्रजापति, असार ०७ गते । रौतहट ।  
डिएसपी वीरेन्द्रकुमार पासवान जेठ महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) पासवान जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै ‘महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मानित भएका छन् ।

११ असोज ०८१ देखि जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत डिएसपी पासवानले जिल्लामा लागुऔषध ओसारपोसार, नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउ, जातीय विभेद, बालबालिका तथा महिला हिंसा नियन्त्रण सक्रिय रहेका छन्।

त्यस्तै, ट्राफिक व्यवस्थापन सुधारलगायतका कामहरूमा नेतृत्वदायी भूमिकासहित सूचना व्यवस्थापन र प्रहरी–सर्वसाधारणबिच प्रभावकारी समन्वयमा सक्रिय रहेका छन्।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा लगनशील, कर्तव्यनिष्ठ भई प्रहरी कार्य तथा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका बहन गरी सर्वसाधारण नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने तथा आमनागरिकका माझ प्रहरी संगठनको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च कदर गर्दै ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।