
गढीमाई नगरपालिकाको १२ औं नगरसभा सम्पन्न, ५४ करोड भन्दा बढी बजेट पारित
रबिन्द्र प्रजापति, असार ०७ गते । रौतहट ।
रौतहटको गढीमाई नगरपालिकाको नगर सभा शनिबार सम्पन्न भएको छ । गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले दिएको जानकारी अनुसार शनिबार १२ औं नगर सभा–२०८२ सम्पन्न गरेको छ ।
सम्पन्न नगर सभाबाट अगामी आर्थीक बर्ष २०८२ ÷ २०८३ को विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँ बराबरको बजेट पारित भएको छ ।
गढीमाई नगरपालिकाको समनपुर स्थित कार्यपालिका भवनमा आज विहान कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले नगर सभालाई उदघाटन गर्नुभएको थियो ।
आर्थिक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रम बाचन गर्दै गढीमाई नगरपालिकाको नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, धार्मिक लगायतका क्षेत्रमा उल्लेखनिय कार्यहरु भएको स्मरण गराउदै मेरो नगरपालिका म बनाउ“छु भन्ने नारालाई सार्थक बनाउन आउदो दिनहरुमा यस पालिकालाई अन्य पालिका भन्दा अघि बढाउने नगरप्रमुख यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा उपनगरप्रमुख स्मिता यादवले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरप्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट माथि वडाध्यक्षहरुले आ आफना विचार व्यक्त गरेको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।
कुल बजेट मध्ये ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैया चालु तर्फ र १९ करोड १५ लाख ४९ हजार पुंजिगत तर्फ बजेट प्रस्तुत गरेको हो ।